रेडियन्ट कपमा स्वर्णिम र पुष्पसदन विजयी



काठमाडौं ।
११औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्सतर्फ बिहीबार स्वर्णिम र पुष्पसदन विजयी भएका छन् । स्युचाटारस्थित आयोजक रेडियन्ट पब्लिक स्कुलमा भइरहेको प्रतियोगितामा स्वर्णिमले जेसिसलाई २०–९ तथा पुष्पसदनले माउन्ट ग्लोरीलाई ३९–१४ ले पराजित गरे । स्वर्णिमकी हिसी ल्हामु लामाले ४ र पुष्पसदनकी मात्रिकाले ८ अंक जोडिन् ।
त्यसै स्पर्धामा नवीन ज्योति विद्यालयले ज्ञानोदयलाई २३–६ ले पराजित गर्दै जित दर्ता गर्यो । नवीन ज्योतिकी असिना क्षेत्रीले ८ अंक स्कोर गरिन् ।

सिनियर ब्वाइजतर्फ बेबी एन्जल, स्किब्स, रेडियन्ट रिडर्स र स्वर्णिम विजयी भए ।
जुनियर ब्वाइजमा पिपुल्स एकेडेमीले ग्रिनफिल्डलाई २३–४ ले सहज रूपमा पराजित गर्यो । पिपुल्सका अजय मगरले ७ अंक जुटाए ।

प्रतिक्रिया दिनुहोस्