
काठमाडौं, मंसिर ४ गते ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले अस्ट्रेलियामा हुन लागेको कोस्की १०० अल्ट्रा/ट्रेल कोसियुस्को (UTMB) प्रतियोगितामा सहभागी हुन जाने नेपाली अल्ट्रा–ट्रेल धावक दावा तामाङलाई बिहीबार औपचारिक बिदाइ गरे । दावा शनिबार अस्ट्रेलिया प्रस्थान गर्दैछन् । दौड मंसिर १२ गते हुनेछ ।
रसुवा जिल्ला, कालिका गाउँपालिका–१ का अध्यक्ष एवं रसुवा जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष समेत रहेका दावाको यो पहिलो अन्तर्राष्ट्रिय सहभागिता हो । उनले प्रतियोगितामा १ सय किलोमिटर दूरीमा प्रतिस्पर्धा गर्नेछन् । वर्ल्ड एक्सट्रिम फिस्टेल १०० अल्ट्राका रजत विजेता दावाको यो भ्रमण एक्सटेप नेपालले प्रायोजन गरेको हो ।





