गल्फ पूर्वाधार विकासका लागि राखेपद्वारा सामग्री हस्तान्तरण




काठमाडौं ।
नेपालमा गल्फ पूर्वाधार सुदृढीकरणका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल गल्फ संघमार्फत नेपाल गल्फ क्लबलाई अत्याधुनिक उपकरण हस्तान्तरण गरेको छ।

राखेप सदस्य–सचिव टंकलाल घिसिङले अष्ट्रेलियामा निर्मित होन्डा मोडलका १ थान ग्रीन–कटर मेसिन तथा १ थान पानी तान्ने मेसिन हस्तान्तरण गरे।
उपकरणले मैदानको गुणस्तर सुधार, अभ्यास तथा प्रतियोगिताका लागि अनुकूल वातावरण निर्माण र गल्फ पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने अपेक्षा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्