अञ्जन धमला बेलायतमा सम्मानित




राखेपका बोर्ड सदस्य तथा नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (एनआईटीएफ) का पूर्व अध्यक्ष अञ्जन धमला बेलायतमा सम्मानित भएका छन्।
अथेन्टिक सेन्टर्स फर एक्सिलेन्सी अफ तेक्वान्दो (एसीई) ले तेक्वान्दोको विकास र प्रवर्द्धनमा पुर्‍याएको योगदानका लागि धमलालाई सम्मान गरेको हो।

एसीईका संस्थापक तथा अध्यक्ष ग्रान्ड मास्टर पाउल कटलरले धमलालाई सम्मानपत्र प्रदान गरे।
तेक्वान्दोका छैटौं डान अन्तर्राष्ट्रिय रेफ्री धमला हाल साउथ एसियन तेक्वान्दो महासंघका उपाध्यक्ष तथा एसियन तेक्वान्दो महासंघको कार्यसमिति सदस्यसमेत छन्।

प्रतिक्रिया दिनुहोस्