
११औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आयोजक रेडियन्ट पब्लिकले सिनियर गल्र्सतर्फ बुधबार विजय हासिल गरेको छ।

स्युचाटारस्थित घरेलु कोर्टमा रेडियन्टले निःसर्ग वाटिकालाई १७–१३ ले पराजित गर्यो। विजेताका लागि सेजल रोक्काले ५ अंक जोडिन्। सोही विधामा स्वर्णिमले हिसी ल्हामु लामाको ८ अंक सहयोगमा एलआरआईलाई २४–८ ले हरायो।
सिनियर ब्वाइजतर्फ एलआरआईले राइजिङलाई २५–२३, कश्यपले रेडियन्ट ‘बी’ लाई ३६–२८, निःसर्गले नवीन ज्योतिलाई २८–२४ र स्वर्णिमले एलेन मेमोरियललाई २३–१२ ले पराजित गरे।
एलआरआईका सुजल मडईंले १७, कश्यपका इसान तिमिल्सिनाले २१, निःसर्गका सामान्य श्रेष्ठले १२ र स्वर्णिमका निश्चलले ७ अंक योगदान गरे।
जुनियर ब्वाइजमा विस्डमले केभीसीलाई २३–११, नवीन ज्योतिले कश्यपलाई १३–४ र इडेन ब्रिज एकेडेमी (इबीए) ले निःसर्गलाई ३२–६ ले हरायो। विस्डमका साहिलले ११, नवीन ज्योतिका युनिहेस तामाङले ४ र इबीएका प्रसिक श्रेष्ठले १० अंक बटुले।





