दावा तामाङ अल्ट्रा–ट्रेल रनका लागि अस्ट्रेलिया प्रस्थान




नेपाली अल्ट्रा/ट्रेल रनर दावा तामाङ कोस्की १०० अल्ट्रा–ट्रेल कोसियुस्को (युटीएमबी) मा प्रतिस्पर्धा गर्ने भएका छन्। मंसिर १२ गते हुने प्रतियोगितामा सहभागी हुन दावाले शनिबार अस्ट्रेलिया प्रस्थान गर्नेछन्।

रसुवा कालिका गाउँपालिका–१ का अध्यक्ष समेत रहेका दावाको यो पहिलो अन्तर्राष्ट्रिय सहभागिता हो। कराते खेलाडी तथा प्रशिक्षक रहेका उनले १०० किलोमिटर दौडमा प्रतिस्पर्धा गर्नेछन्। करिब एक वर्षदेखि अल्ट्रा–ट्रेल रनिङमा सक्रिय दावालाई एक्सटेप नेपालले प्रायोजन गरेको छ।
बागमती प्रदेशका सांसद इन्द्र गौतम, एथलेटिक्स परिवार नेपालका अध्यक्ष तथा नेपाल एडभेन्चर रनिङ महासंघका वरिष्ठ उपाध्यक्ष राजन खत्री, तेह्रथुम जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजेन्द्र बराललगायतले उनलाई एक कार्यक्रमबीच बिदाइ गरे।

प्रतिक्रिया दिनुहोस्