
काठमाडौं ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेसनल एकेडेमी अफ स्पोर्ट्स मेडिसिन (एनएएसएम) बीच खेलकुद चिकित्साको विकास र अनुसन्धानमा सहकार्य गर्ने समझदारीपत्र मंगलबार हस्ताक्षर भएको छ।
सम्झौतामा चोटपटक रोकथाम कार्यक्रम (NIPP), हाइ अल्टिच्युड ट्रेनिङ तथा केन्द्र (HATC) र खेलकुद चिकित्सासम्बन्धी अनुसन्धान–विकास क्षेत्रमा सहकार्य गर्ने प्रावधानहरू समेटिएका छन्।
सम्झौता पत्रमा राखेपका सदस्य–सचिव टंकलाल घिसिङ र एनएएसएम–कास्कीका अध्यक्ष डा. पदमबहादुर खड्काले हस्ताक्षर गरेका हुन्। सम्झौता अवधि पाँच वर्षको हुनेछ।





