
काठमाडौं ।
नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघ (एनएसइएमआईए) द्वारा आयोजित राष्ट्रव्यापी अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिता शुक्रबारदेखि सुरु हुने भएको छ।
यु–१२ र यु–१६ ब्वाइज/गल्र्स गरी ४ स्पर्धामा प्रतिस्पर्धा हुनेछ। अध्यक्ष बिजेन्द्रविक्रम शाहका अनुसार हरेक स्पर्धाका शीर्ष तीन विजेताले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय रुपैयाँ पुरस्कार पाउने छन्।
संघ स्थापनाको ३६ औं वर्षपुरस्सर आयोजना हुने प्रतियोगितामा करिब ४ सय खेलाडी सहभागी हुनेछन्। खेल लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सञ्चालन हुनेछ।





