स्पोर्ट्स मेडिसिन एन्ड रिसर्च सेन्टर सञ्चालनका लागि कार्यदल गठन



काठमाडौं, मंसिर २ ।
युवा तथा खेलकुद मन्त्रालयले स्पोर्ट्स मेडिसिन एन्ड रिसर्च सेन्टर सञ्चालनका लागि डा. अभिषेक राज सिंहको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ।
कमिटीमा डा. घनश्याम पाण्डे सदस्य तथा राष्ट्रिय खेलकुद परिषद्का प्रशासकीय अधिकृत दोबे तामाङ सचिव छन्।
डा. सिंह पोखरा विश्वविद्यालयका हस्पिटल एडमिनिस्ट्रेसनका गोल्ड मेडलिस्ट तथा पूर्व राष्ट्रिय क्रिकेट टिमसँग कार्य अनुभव भएकाले उनलाई जिम्मेवारी दिइएको हो। कार्यदललाई ९० कार्यदिनभित्र आवश्यक प्रक्रिया अघि बढाउने म्याद दिइएको छ।
मन्त्री बब्लु गुप्ताले खेलाडीको सेवा-सुविधा तथा सुधारलाई प्राथमिकता दिंदै परियोजना अघि बढाएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्