
काठमाडौं ।
नवौं एसकेआईए अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित १८ सदस्यीय नेपाली टोली भारतको गोवा प्रस्थान गरेको छ।
टोलीमा सुदिन पोखरेल, स्विकार पोखरेल, विवेक गुरुङ, मन्जु श्रेष्ठ, हनिश लामा, निस्था घिमिरे, स्निधा भण्डारी, आश्था श्रेष्ठ, लोइस्मा लामा, सुशान्त ओझा, सुब्रत भण्डारी र सुरज ठकुरी सहभागी छन्।
टोली प्रमुख सुमन तामाङ, व्यवस्थापक आकाश धिताल, अफिसियल प्रेमलाल बम्जन, हेमन्त लामा र सरोज श्रेष्ठ तथा प्रशिक्षक सुरज श्रेष्ठ रहेका छन्।





