
दार्जिलिङ ।
दार्जिलिङ जिमखाना खुला टेनिस प्रतियोगितामा नेपाली खेलाडीले ३ स्वर्ण र १ रजत गरी ४ पदक जित्न सफल भएका छन्।
पुरुष डबल्समा प्रदिप थापा र दर्शिल श्रेष्ठ, भेट्रान ४५+ पुरुष सिंगल्समा रोहित सुनुवार तथा भेट्रान ६०+ पुरुष डबल्समा कमल थापा र छ्याम्बा धुन्डुपले स्वर्ण दिलाए। पुरुष सिंगल्सतर्फ प्रदिपले रजत थप गरे।
प्रतियोगिताको कुल पुरस्कार राशि ३ लाख ८० हजार रुपैयाँ रहेको थियो।





