रेडियन्ट कप बास्केटबल : ज्ञानोदयको दोहोरो विजेता



काठमाडौं ।
११ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा ज्ञानोदयले मंगलबार सिनियर ब्वाइज र सिनियर गल्र्स दुवैतर्फ जित हात पारेको छ।
सिनियर ब्वाइज समूहमा ज्ञानोदयले ओएसिसलाई २५–२४ को नजिकको अन्तरले हरायो। ज्ञानोदयका जिरावत थोङ्सुकले ७ अंक जोडे।
सिनियर गल्र्सतर्फ ज्ञानोदयले न्यु जेनिथलाई १८–५ ले पराजित गर्‍यो। प्रिन्सेस थापा मगरले ६ अंक बटुले।

अन्य खेलमा—

सिनियर ब्वाइज : केभीसी ४२–३९ निःसर्ग, कश्यप २७–२३ राइजिङ स्टार, बाल दीक्षा सदन २३–११ न्यु जेनिथ।

सिनियर गल्र्स : निःसर्ग ८–५ मस्र्याङ्दी, राराहिल २६–८ गोल्डेन फ्लावर।

जुनियर ब्वाइज : सेब २०–४ निःसर्ग, कश्यप १४–८ गोल्डेन फ्लावर।

सेबका सन्जल बुढा मगर र कश्यपका प्रियान रिमालले समान ८–८ अंक जोडे।

प्रतिक्रिया दिनुहोस्