
काठमाडौं ।
नेपाल बुद्धिचाल महासंघमा देखिएको विवादसम्बन्धी छानविनका लागि गठित कार्यदलले आफ्नो प्रतिवेदन मंगलबार हस्तान्तरण गरेको छ। राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङलाई कार्यदलका संयोजक तथा राष्ट्रिय टिम तयारी उपनिर्देशक दीपक श्रेष्ठले प्रतिवेदन बुझाए।
सो अवसरमा कार्यदल सदस्य मिनबहादुर जिसी र सचिव सानुराज केसीको पनि उपस्थिति थियो। कार्यदल गत असोज १२ गते गठन गरिएको थियो।





