बुद्धिचाल टोली थाइल्यान्ड प्रस्थान गर्ने



काठमाडौं, मंसिर २ ।
एसियाली युथ चेस च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित १४ सदस्यीय नेपाली बुद्धिचाल टोली बुधबार थाइल्यान्ड प्रस्थान गर्ने भएको छ। नोभेम्बर २० देखि ३० सम्म नियोजित प्रतियोगितामा अग्रिम सैजु, अग्रता आचार्य, उजिवनी कँडेल, सुभाङ्ग प्रधान, प्रतिक प्रधान, आशीर्वाद थापा, श्रेशा दुवाल, कशिव कार्की, पुरुषोत्तम सिलवाल, सुभानी पण्डित र साहस श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन्।
टोलीमा हरिकृष्ण श्रेष्ठ आर्बिटर र रुपेश जैसवाल टोली प्रमुख रहेका छन्। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्काका सदस्य–सचिव टंकलाल घिसिङले मंगलबार एक समारोहमार्फत बिदाइ गरे। प्रतियोगितामा ३३ राष्ट्रको सहभागिता रहनेछ।

प्रतिक्रिया दिनुहोस्