मोरङमा अवैध कपडा तस्करीसहित दुई जना पक्राउ



मोरङ । मोरङ प्रहरीले भन्सार छली गरी अवैध रूपमा कपडा ओसारपसार गर्दै ल्याइँदै गरेको अवस्थामा दुई जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा २०८२ मंसिर २ गते राति करिब १:३० बजे विराटनगर महानगरपालिका–४ स्थित विराटनगर विमानस्थल क्याम्पस परिसर नजिकैबाट कपडा बोकेको पिकअप गाडी नियन्त्रणमा लिइएको जिल्ला प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार सुनवर्षा नगरपालिका–७ का मिनिल यादवले चलाएको प्रदेश–१–०२–००३ प ५४५० नम्वरको पिकअप गाडी र विराटनगर महानगरपालिका–४ का कमीर मुसलमानलाई पक्राउ गरिएको हो।

नेपाल भित्र्याउँदा भन्सार छली गरी अवैध रूपमा ल्याइएको ठूलो परिमाणको कपडा गाडीमा लोड गरिएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ। बरामद कपडाको अनुमानित मूल्य रु १९ लाख ९६ हजार ५ सय २४ रहेको छ।

बरामद सामान तथा पक्राउ परेका व्यक्तिलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय, इटहरीमा बुजाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्