
काठमाडौँ । श्री एयरलाइन्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सको ‘डोमेस्टिक एयरलाइन्स पार्टनर’ बनेको छ। शुक्रबार काठमाडौँमा सम्पन्न कार्यक्रममा सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का र श्री एयरलाइन्सका कर्पोरेट निर्देशक अनिल मानन्धरबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
सम्झौतापछि रोयल्सका सीईओ खड्काले प्रतिष्ठित एयरलाइन्ससँगको सहकार्यले खेल क्षेत्र र विमानन क्षेत्रलाई एकअर्कासँग जोड्ने उल्लेख गर्दै खुशी व्यक्त गरे। उनले भने, “श्री एयरलाइन्ससँगको सहकार्य हाम्रो लागि महत्वपूर्ण र प्रेरणादायी छ।”
त्यसैगरी श्री एयरलाइन्सका कर्पोरेट निर्देशक मानन्धरले सुदूरपश्चिम रोयल्ससँग जोडिन पाउनु एयरलाइन्सका लागि गौरवको विषय रहेको बताए। “यसलाई हामी ऐतिहासिक साझेदारीका रूपमा लिन्छौँ,” उनले प्रतिक्रिया दिए।
श्री एयरलाइन्सबारे
श्री एयरलाइन्स देशभरका यात्रुहरूलाई टर्बोजेट (म्याच८) को अनुभव प्रदान गर्ने अग्रणी एयरलाइन्स हो। यसले काठमाडौँबाट भद्रपुर, भैरहवा, धनगढी, विराटनगर र नेपालगन्जमा उडान सञ्चालन गर्दै आन्तरिक हवाई यात्रालाई सहज बनाएको छ। ट्विन टर्बोफ्यान जेट इन्जिनयुक्त यसको विमान ७९० देखि ८६० किमि/घण्टासम्मको क्रुज स्पीडमा उड्न सक्ने क्षमता राख्छ, जसले अन्य सामान्य विमानको तुलनामा छिटो यात्रा सुनिश्चित गर्छ।
सुदूरपश्चिम रोयल्सको टोली
दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, बिनोद भण्डारी, अविनाश बोहरा, दिपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दिपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन, हर्मीत सिंह र जोस ब्राउन।
मुख्य प्रशिक्षकः जगत टमटा





