एनएसइएमआईए राष्ट्रिय टेबलटेनिस प्रतियोगिता शुक्रबारदेखि



काठमाडौं ।
नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघ (एनएसइएमआईए) द्वारा आयोजना हुने राष्ट्रव्यापी अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिता शुक्रबारदेखि सुरु हुने भएको छ।

यू–१२ र यू–१६ ब्वाइज र गल्र्स गरी ४ विधामा प्रतिस्पर्धा हुने बताइएको छ।
एनएसइएमआईएका अध्यक्ष बिजेन्द्रविक्रम शाहका अनुसार हरेक विधाका शीर्ष तीन विजेताले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्नेछन्।

करीब ४ सय खेलाडी सहभागी रहने प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा दुई दिनसम्म सञ्चालन हुनेछ।

प्रतिक्रिया दिनुहोस्