एसियाली डजबल च्याम्पियनसिपका लागि नेपाली टोली मलेसिया प्रस्थान



काठमाडौं ।
एसियाली डजबल च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित १८ सदस्यीय नेपाली राष्ट्रिय टोली मंगलबार मलेसिया प्रस्थान गर्दैछ।
मंसिर ४ देखि ७ गतेसम्म हुने प्रतियोगिता मलेसियन एसोसिएसन अफ डजबलले आयोजना गर्दैछ।

टोलीका कप्तान विराज दाहालसहित प्रकाशसिंह ऐर, कृष्णहरि बुढाथोकी, रविन शाक्य, कृष्णकुमार साह, अनिलकुमार तिखत्री, अनिल गुरुङ, विवेक उप्रेती, अच्युत नेपाल, रोशन अधिकारी, रामचन्द्र गौतम र विनोद कोईराला अन्तिम सूचीमा परेका छन्।

सोमबार राखेप सदस्य–सचिव टंकलाल घिसिङसहित पदाधिकारीहरूले टोलीलाई शुभकामना दिंदै बिदाइ गरे।

प्रतिक्रिया दिनुहोस्