चौथो पुष्पसदन कप : पुष्पसदन, ग्रिनफिल्ड र स्वर्णिम च्याम्पियन



कीर्तिपुर ।
चौथो पुष्पसदन कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि सोमवार तीन विद्यालयले हात पारे।
सिनियर ब्वाइजमा पुष्पसदन, जुनियर ब्वाइजमा ग्रिनफिल्ड तथा गल्र्स थ्री–बाइ–थ्रीमा स्वर्णिम विजयी बने।

सिनियर ब्वाइजको फाइनलमा पुष्पसदनले राराहिललाई ७३–४५ ले सहजै हरायो। सम्राट लामाले १९ अंक जुटाए।
जुनियर ब्वाइजतर्फ ग्रिनफिल्डले राराहिललाई २८–२५ ले पराजित गर्‍यो।
गल्र्स फाइनलमा स्वर्णिमले पुष्पसदनलाई १०–३ ले पाखा लगायो।

एमभीपीतर्फ सुशान सोजु श्रेष्ठ (सिनियर ब्वाइज), किस्मत ढकाल (जुनियर ब्वाइज) र हिसी ल्हामु लामा (सिनियर गल्र्स) चयन भए।
कात्तिक २२ देखि चलेको प्रतियोगितामा तीन विभाग मिलाएर ५१ टिमले प्रतिस्पर्धा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्