रेडियन्ट कप : स्किब्स र राइजिङ स्टारको विजयी सुरुआत



काठमाडौं ।
११औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा सिनियर ब्वाइजतर्फ स्किब्स र राइजिङ स्टारले सोमबार बिजयी सुरुआत गरे।
स्किब्सले पिपुल्स एकेडेमीलाई २२–२० ले पराजित गर्दै पहिलो जित दर्ता गर्यो। स्किब्सका सोहन ठकुरीले एक्लैले १३ अंक जुटाए।

राइजिङ स्टारले आयोजक रेडियन्ट पब्लिक ‘बी’ लाई २४–९ ले हरायो। रिजन थापाले ६ अंक योगदान गरे।
अन्य खेलमा विस्डमले एलेन मेमोरियललाई २०–९ ले तथा केभीसीले श्री नवीन ज्योतिलाई २८–१७ ले पाखा लगायो।

जुनियर ब्वाइजतर्फ नवीन ज्योतिले गोल्डेन फ्लावरलाई १३–५ ले र एआईले केभीसीलाई ६–२ ले हराए।
सिनियर गल्र्समा गोल्डेन फ्लावरले केभीसीलाई २४–७ तथा नवीन ज्योतिले न्यू जेनिथलाई २१–१० ले पराजित गर्‍यो।

प्रतियोगिता मंसिर १० गतेसम्म चल्नेछ। सिनियर ब्वाइजमा २५, जुनियर ब्वाइज र सिनियर गल्र्समा १२–१२ टिम सहभागी छन्।

प्रतिक्रिया दिनुहोस्