चार वर्षे कार्यकालका उपलब्धीका लागि सदस्य–सचिव घिसिङ सम्मानित



काठमाडौं, मंसिर १ ।
नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङलाई सोमबार विशेष सम्मान प्रदान गरेको छ। २०७८ मंसिर दोस्रो साता सदस्य–सचिवमा नियुक्त घिसिङले चार वर्षे कार्यकालमा नेपाली क्रिकेट सहित समग्र खेलकुद विकासमा पु¥याएको महत्वपूर्ण भूमिकाको कदर गर्दै क्यानले सम्मान गरेको हो।

नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनको उद्घाटन समारोहमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले घिसिङलाई सम्मानपत्र प्रदान गरे। सम्मानपत्रमा अन्तर्राष्ट्रिय प्रतियोगिताका छनोट, एनपीएल, खेल पूर्वाधार विस्तार, खेल विज्ञान अनुसन्धान केन्द्र तथा नेसनल हाइ–पर्फमेन्स सेन्टर जस्ता पहलमा घिसिङको नेतृत्व प्रशंसनीय रहेको उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्