नेपाल टेलिकमको प्रथम त्रैमासिकमा आय र मुनाफामा गिरावट



काठमाडौं । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक वित्तीय विवरण (Unaudited) सार्वजनिक गरifra, जसअनुसार कम्पनीको आय तथा मुनाफामा गत वर्षको सोही अवधिको तुलनामा उल्लेख्य गिरावट देखिएको छ।

आयमा कमी

पहिलो त्रैमासिकसम्म कम्पनीको कुल सञ्चालन आय रु. ८ अर्ब ६७ करोड ९५ लाख १५ हजार पुगेको छ। यो रकम गत वर्षको सोही अवधिको रु. ८ अर्ब ६८ करोड १ लाख ८६ हजार को तुलनामा रु. ६ लाख ७१ हजार (०.०१%) ले घटेको हो।

यस्तै, कम्पनीको कुल आय रु. ९ अर्ब ४७ करोड १० लाख ५१ हजार रहेको छ, जुन गत वर्षको सोही अवधिको रु. १० अर्ब ६ करोड ३७ लाख ३५ हजार भन्दा रु. ५९ करोड २६ लाख ८५ हजार (५.८९%) कम हो।

मुनाफामा थप गिरावट

प्रथम त्रैमासिकमा कम्पनीको

  • EBITDA रु. ४ अर्ब ७५ करोड ४ लाख ७१ हजार पुगेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १२.२९% (रु. ६६ करोड ५५ लाख ६ हजार) ले कम हो।
  • कर अघिको मुनाफा रु. २ अर्ब ८८ करोड २१ लाख १६ हजार रहेको छ, जुन गत वर्षको तुलनामा १८.९०% (रु. ६७ करोड १५ लाख ७८ हजार) ले घटेको हो।
  • खुद मुनाफा रु. १ अर्ब ३२ करोड ५१ लाख ७५ हजार मा झरेको छ, जुन गत वर्षको तुलनामा २३.८२% (रु. ४१ करोड ४४ लाख १५ हजार) ले कम हो।

कम्पनीको प्रति शेयर आम्दानी (EPS – Annualized) रु. २९.४५ रहे‍को छ।

आय तथा मुनाफा घट्नुका प्रमुख कारण

कम्पनीले राजस्व तथा मुनाफा घट्नुका निम्न कारणहरू उल्लेख गरेको छ—

  • OTT सेवाको बढ्दो प्रयोगका कारण विदेशबाट आउने कलमा गिरावट, जसले अन्तरआवद्धता आयमा १७.२९% (करिब रु. १० करोड ९७ लाख ४२ हजार) कमी ल्यायो।
  • बजारमा व्याजदर घटेपछि मुद्दती निक्षेपबाट प्राप्त ब्याज आम्दानी ५० करोडले घट्यो, जसले ब्याज आम्दानीमा ४९% कमी गरायो।
  • कर्मचारी खर्च बढ्यो
    • कर्मचारी बीमा खर्च रु. १.९५ करोड ले बढ्यो,
    • पेन्सन दायित्व गणनामा प्रयोग हुने Discount Rate ७.५% बाट ७% मा झरेपछि अवकाश खर्च रु. १६.५ करोड ले बढ्यो,
    • जसका कारण कुल कर्मचारी खर्च रु. ८.८ करोड ले बढ्यो।
  • विकट तथा दुर्गम क्षेत्रमा सेवा विस्तार र गुणस्तर सुधारका काम निरन्तर जारी रहेकाले लागत बढेको कम्पनीको भनाइ छ।

नेपाल टेलिकमले देशभर सेवा विस्तार, डिजिटल पहुँच वृद्धि तथा गुणस्तर सुधारका योजना निरन्तर अघि बढाइरहेका छ ।

प्रतिक्रिया दिनुहोस्