
चौथो पुष्पसदन कप अन्तरविद्यालय बास्केटबलमा आयोजक पुष्पसदन आइतबार दुई विधामा उपाधिनजिक पुगेको छ। पुष्पसदन सिनियर ब्वाइज र गल्र्सको थ्री बाइ थ्री दुवै समूहमा फाइनलमा प्रवेश गरेको हो।
सिनियर ब्वाइजतर्फ पुष्पसदनले निःसर्ग वाटिकालाई ६०–४४ ले पराजित गर्यो। सुशान श्रेष्ठले १५ अंक जोड्दै जितमा योगदान दिए। फाइनलमा पुष्पसदनको सामना राराहिलसँग हुनेछ।
अर्को सेमिफाइनलमा नोजा महर्जनको १४ अंकको सहयोगमा राराहिलले रेडियन्ट पब्लिकलाई ४३–२८ ले पराजित गरेको थियो।
गल्र्सतर्फ पुष्पसदनले द एक्सेल्सियरलाई १३–११ ले हराउँदै उपाधि भिडन्त सुनिश्चित गर्यो। फाइनलमा उसले स्वर्णिमसँग प्रतिस्पर्धा गर्नेछ।
दोस्रो सेमिफाइनलमा स्वर्णिमले मंगललाई ८–३ ले हराएर फाइनल टिकट सुरक्षित गर्यो।
जुनियर ब्वाइजतर्फ राराहिल र ग्रिनफिल्डले फाइनलमा स्थान बनाएका छन्। राराहिलले पुष्पसदनलाई २१–५ तथा ग्रिनफिल्डले निःसर्गलाई २४–८ ले हराए। राराहिलका निसान केसीले ८ तथा ग्रिनफिल्डका अजय मगरले ९ अंक जोडे। फाइनल सोमबार हुनेछ।





