
इन्टरनेसनल मार्सल आर्ट्स एकेडेमीद्वारा आयोजित पाँचौं नेपाल ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शनिबारदेखि कीर्तिपुरस्थित टीयू स्मृति भवनमा सुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले गरे । नेपाल, भारत, बंगलादेश, श्रीलंका, भुटान र मलेसियाका करिब ४५० खेलाडी सहभागी प्रतियोगितामा क्योरोगी र पुम्सेमिलाई गरी ५६ स्पर्धा समावेश छन् ।
पहिलो दिन ३२ स्पर्धाको फाइनल सकिँदा नेपाल २१ स्वर्णसहित शीर्ष स्थानमा रहेको आयोजक समिति अध्यक्ष राकेश राईले बताए । प्रतियोगिता आइतबारसम्म चल्ने छ ।





