
नवौं टोप्स अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा नवोदितले ब्वाइजतर्फ र ल्यान्डमार्कले गल्र्सतर्फ उपाधि जितेका छन् ।
टोप्सको आयोजनामा भएको ब्वाइज फाइनलमा नवोदितले ह्वाइट हेभनलाई १८–८ ले पराजित गर्यो । नवोदितका आदेश बगालेले ६ अंक जोडे । गल्र्स फाइनलमा ल्यान्डमार्कले तेजस्वी एकेडेमीलाई १२–८ ले हरायो, जहाँ ल्यान्डमार्ककी प्रतिक्षा राई ८ अंकसहित उत्कृष्ट प्रदर्शनमा रहिन् ।
‘मोस्ट भेलुएबल प्लेयर’ ब्वाइजमा नवोदितका सौरव खड्का र गल्र्समा प्रतिक्षा राई घोषित भए । सर्वाधिक स्कोरकर्ता ब्वाइजमा सवल श्रेष्ठ (३१ अंक) र गल्र्समा श्रृष्टि ल्हो (२५ अंक) बने ।
तीनदिने प्रतियोगितामा ब्वाइजमा १४ र गल्र्समा ८ टिमले सहभागिता जनाएका थिए ।





