राराहिल पुष्पसदन कपको सेमिफाइनलमा




चौथो पुष्पसदन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा राराहिल शनिबार सेमिफाइनलमा प्रवेश गरेको छ । राराहिलले भ्याली भ्यूलाई ६०–५७ ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्‍यो । राराहिलका नोजा महर्जनले २० अंक जोडे ।

यसअघि आयोजक पुष्पसदन, रेडियन्ट पब्लिक र निःसर्ग वाटिका पनि सेमिफाइनलमा पुगेका थिए । गल्र्स थ्री बाइ थ्रीतर्फ प्रिक्वाटरफाइनल समीकरण पूरा भएको छ ।

प्रतिक्रिया दिनुहोस्