
मोरङ, कात्तिक २८ गते ।
जिल्ला प्रहरी कार्यालय मोरङले भदौ २३ र २४ गतेका दिन भएको जेन–जेड आन्दोलनका क्रममा विभिन्न सार्वजनिक सम्पत्तिमा तोडफोड तथा आगजनी गर्ने कार्यमा संलग्न रहेको आरोपमा २१ जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार आन्दोलनमा केही उच्छृंखल तथा अपराधिक समूहको घुसपैठ भएको प्रारम्भिक अनुसन्धानले पुष्टि गरेको छ।
प्रहरीले घटनाबारे सूक्ष्म अनुसन्धान र भिडियो/तथ्य विश्लेषण गर्दै संलग्न व्यक्तिहरूको पहिचान गरी मोरङ जिल्ला अदालतबाट अनुमति लिएर उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूविरुद्ध अदालतबाट म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूले जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय पथरी, उर्लाबारी, प्रहरी चौकी मझारे, CRV पोस्ट केशलिया, जतुवा तथा जिल्ला ट्राफिक कार्यालयका भवन, ट्राफिक आइल्याण्ड, ट्राफिक लाइट, सिसिटीभी क्यामरा तथा सवारी साधनमा तोडफोड र आगजनी गरी क्षति पुर्याएका थिए।
जिल्ला प्रहरी कार्यालय मोरङबाट पक्राउ परेका १० जना
– २२ वर्षीय विशाल बाल्मिकी (विराटनगर–५)
– २७ वर्षीय गोपी साह (विराटनगर–९)
– २० वर्षीय विष्णु साफी (विराटनगर–९)
– २४ वर्षीय राजेश यादव (विराटनगर–१४)
– २४ वर्षीय सुरज सिंह (जहदा–५)
– २२ वर्षीय मुकेश कामत (जहदा–५)
– ३० वर्षीय प्रवेश मण्डल (जहदा–२)
– २५ वर्षीय सुशिल यादव (जहदा–३)
– २४ वर्षीय चन्दन बर्मा (विराटनगर–६)
– २९ वर्षीय किसन सहनी (विराटनगर–६)
इलाका प्रहरी कार्यालय पथरीबाट पक्राउ परेका ७ जना
– २३ वर्षीय चन्द्र कार्की (पथरी शनिश्चरे–१)
– २३ वर्षीय दिपक चौधरी (पथरी शनिश्चरे–१)
– २५ वर्षीय मुकेश वराईली (पथरी शनिश्चरे–१)
– २१ वर्षीय विश्वास थापा (पथरी शनिश्चरे–१)
– १९ वर्षीय सिदार्थ राई (पथरी शनिश्चरे–१)
– २६ वर्षीय मिथुन मण्डल (पथरी शनिश्चरे–१)
इलाका प्रहरी कार्यालय उर्लाबारीबाट पक्राउ परेका ४ जना
– २९ वर्षीय राजकुमार सहनी (उर्लाबारी–६)
– ४५ वर्षीय उदय साह (उर्लाबारी–६)
– ४० वर्षीय बब्लु साह (उर्लाबारी–६)
– ३० वर्षीय मिलन राई (उर्लाबारी–६)
– २४ वर्षीय रविन सुन्दास (उर्लाबारी–७)
प्रहरीले तोडफोड तथा आगजनीका घटनामा अन्य व्यक्तिहरू संलग्न भएको आशंका रहेको र थप अनुसन्धान जारी रहेको जनाएको छ।





