वेस्टर्न रिजनल स्पोर्ट्स मिट सुरु



वेस्टर्न रिजनल कमिटीको आयोजनामा ‘वेस्टर्न रिजनल स्पोर्ट्स मिट’ शुक्रबारदेखि औपचारिक रूपमा सुरु भएको छ। उद्घाटन समारोहमा काठमाडौं भ्याली कलेजका अध्यक्ष डा. स्वागत श्रेष्ठले खेलकुदले विद्यार्थीको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए।

स्पोर्ट्स मिटमा बास्केटबल, फुटसल, टेबलटेनिस, टग अफ वार र भलिबलका विभिन्न प्रतिस्पर्धा सञ्चालन भइरहेको छ। पहिलो दिन बास्केटबलका लिग चरणका खेलहरू सम्पन्न भए।
प्रतियोगिता आगामी दिनहरूमा थप प्रतिस्पर्धात्मक बन्दै जाने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्