नेपाली डेफलिम्पिक्स टोली टोकियो प्रस्थान



२५ औँ समर डेफलिम्पिक्समा सहभागी हुन नेपाली खेलाडी टोली शुक्रबार जापानको टोकियो प्रस्थान गरेको छ। नोभेम्बर १५ देखि २६ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालले ६ खेलमा १० खेलाडी उतार्दैछ।

तेक्वान्दो, टेबलटेनिस, एथलेटिक्स, ब्याडमिन्टन, कराते र जुडोतर्फ नेपाली खेलाडी प्रतिस्पर्धा गर्नेछन्। जुडोतर्फका सुष्मा तामाङ र लक्की चौधरी भने पहिल्यै जापान पुगेका छन्।
टिम लिडरका रूपमा राखेपका सदस्य जगतसिंह धामीसहित सरोजकुमार पोख्रेल, देवराज कटुवाल, झमकप्रसाद गौतम, विक्रम घले र वीरबहादुर गुरुङ खटिएका छन्।
टोलीलाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङलगायतले शुक्रबारै औपचारिक रूपमा बिदाइ गरे। टोली आज राति ११:०० बजे प्रस्थान गर्ने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस्