
टिम अफ प्रोग्रेसिभ स्कुल (TOPS) द्वारा आयोजित नवौँ टोप्स कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्स समूहमा ल्याण्डमार्क एकेडेमी र तेजस्वी एकेडेमीले उत्कृष्ट प्रदर्शनसँगै सेमिफाइनल स्थान सुनिश्चित गरेका छन्।
अन्य दुई सेमिफाइनलिस्टमा गण्डकी र ह्वाइट हेभेन रहेका छन्।
ब्वाइज समूहमा तेजस्वी, स्वेता सदन, ह्वाइट हेभेन र स्वर्णदीपले क्वाटरफाइनलमा स्थान बनाइसकेका छन्। बाँकी टिमहरूको छनोट पछि निश्चित हुनेछ।
प्रतियोगिता ल्याण्डमार्क एकेडेमीको संयोजनमा भइरहेको छ। ब्वाइजमा १४ र गल्र्समा ८ टिम सहभागी छन्।





