
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उमेरहद ५८ वर्ष पूरा गरेपछि सेवा निवृत्त भएका विभिन्न खेलका चार प्रशिक्षकलाई सम्मानपूर्वक बिदाइ गरेको छ।
बिदाइ कार्यक्रममा राखेपका सदस्य–सचिव टंकलाल घिसिङले प्रशिक्षकहरूको योगदानको प्रशंसा गर्दै आगामी जीवनका लागि शुभकामना व्यक्त गरे।
बिदाइ पाउनेहरूमा हक्कीका मुख्य प्रशिक्षक रन्जन थापा, तेक्वान्दो प्रशिक्षक राजेश प्रजापति, भलिबल प्रशिक्षक महेश महर्जन र कराते प्रशिक्षक सन्जय जोशी रहेका छन्।
रन्जन थापा राखेप कर्मचारी संघका निवर्तमान अध्यक्ष समेत हुन्। कार्यक्रममा राखेप कार्यकारी समितिका सदस्य भानबहादुर चन्दलगायतको उपस्थितिमा सम्मान गरिएको थियो।





