
चौथो पुष्पसदन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आयोजक पुष्पसदनले सिनियर ब्वाइज समूहमा सेमिफाइनल स्थान सुरक्षित गरेको छ।
कीर्तिपुरस्थित घरेलु कोर्टमा शुक्रबार भएको खेलमा पुष्पसदनले मेगसलाई ४२–३९ को नजिकको अन्तरले हरायो। खेलभरि दुवै टिमबीच प्रतिस्पर्धात्मक खेल भए पनि अन्तिम मिनेटमा अग्रता कायम राख्दै पुष्पसदनले जित दर्ता गर्यो। सुशान्त सोजु श्रेष्ठले ११ अंक जोडे।

सिनियर ब्वाइज समूहमै रेडियन्ट पब्लिक र निसर्ग वाटिकाले पनि सेमिफाइनल स्थान पक्का गरेका छन्।
राराहिल र भ्याली भ्यूबीच शनिबार हुने खेलबाट अन्तिम सेमिफाइनल टोली तय हुनेछ।





