
आयोजक ठुङ्गरम इन्टरनेसनल एकेडेमी (टीआईए) र निम्स १७ औँ टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ शुक्रबार फाइनलमा प्रवेश गरेका छन्।
घरेलु कोर्टमा टीआईएले विल्सन एकेडेमीलाई ३९–१९ ले पराजित गर्यो। टीआईएको जितमा रेशन नगरकोटीले १६ अंक जोडे। फुर्वा तामाङले १४ अंक योगदान गरेपछि निम्सले ज्ञान निकेतनलाई ५०–४० ले हरायो।
गल्र्समा चेल्सी वल्र्ड स्कुल र भ्याली पब्लिकले उपाधि भिडन्त तय गरेका छन्। फाइनल आइतबार हुनेछ।






