
काठमाडौँ । सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सको आधिकारिक ‘हस्पिटालिटी पार्टनर’ बनेको छ।
शुक्रबार काठमाडौँमा सम्पन्न साझेदारी सम्झौतामा सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्का र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका निर्देशक दुर्गा पन्तले हस्ताक्षर गरे।
सम्झौता पछि सीईओ खड्काले प्रतिष्ठित हस्पिटालिटी कम्पनीसँगको सहकार्यले टोलीलाई थप ऊर्जा र प्रेरणा प्राप्त भएको बताए। उनले भने, “सिद्धार्थजस्तो गुणस्तरीय सेवा प्रदान गर्दै आएको संस्थासँगको साझेदारीमा हामी अत्यन्त खुसी छौँ। यसले हाम्रो टिममा थप विश्वास र उत्साह बढाएको छ।”
सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका निर्देशक पन्तले सुदूरपश्चिम रोयल्ससँगको सहकार्यलाई हस्पिटालिटी क्षेत्रका लागि महत्वपूर्ण अवसरको रूपमा व्याख्या गरे। “रोयल्सको हस्पिटालिटी पार्टनर बन्न पाउँदा हामी उत्साहित छौँ। यो सहकार्यले क्षेत्रलाई अझ उकास्नेछ,” पन्तले भने।
सुदूरपश्चिम रोयल्सको टोली
दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, बिनोद भण्डारी, अविनाश बोहरा, दिपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दिपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन, हर्मीत सिंह र जोस ब्राउन।
मुख्य प्रशिक्षकः जगत टम





