काठमाडौं उपत्यकाको प्रदर्शनका क्रममा जलेका कागजातबारे उजुरी दिन जिल्ला प्रहरी परिसरको आग्रह



काठमाडौं । काठमाडौं उपत्यकामा भदौ २३ र २४ गते भएका प्रदर्शनका क्रममा जिल्लाभित्रका विभिन्न प्रहरी इकाईहरूमा आगजनी र तोडफोडका घटना भएका छन्। ती घटनामा अनुसन्धान प्रक्रिया भइरहेका कागजात तथा सामग्रीहरू जलेर नष्ट भएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ।

परिसरले जारी गरेको अत्यन्त जरुरी सूचनामा भनिएको छ, “आगजनी, तोडफोड र अनुसन्धान प्रक्रियामा रहेका मिसिल कागजातहरू समेत जलेर नष्ट भएकाले ती सम्बन्धमा अध्ययन र अनुसन्धान भइरहेको छ।”

प्रहरी परिसरले ती घटनाबाट प्रभावित वा सम्बन्धित व्यक्तिहरूलाई आफ्ना कागजात तथा विवरण सहित जिल्ला प्रहरी परिसर, काठमाडौंमा सम्पर्क गर्न अनुरोध गरेको छ।

सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पवन कुमार भट्टले सूचनामा जनाएका छन् कि पीडित वा सरोकारवालाहरूले आफ्नो विवरण र प्रमाणका साथ तुरुन्तै प्रहरी परिसरमा सम्पर्क गरे अनुसन्धान सहज हुनेछ।

प्रतिक्रिया दिनुहोस्