
काठमाडौं ।
दोस्रो गुरुकुलम इन्टर–स्कुल फुटसल च्याम्पियनसिप २०२५ को उपाधि पिस प्वाइन्ट बोर्डिङ स्कुलले जितेको छ। सीतापाइलास्थित दी गुरुकुलम स्कुलको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा पिस प्वाइन्टले एलआरआईलाई २–० ले हरायो।
सेमिफाइनलमा पिस प्वाइन्टले न्य जेनिथलाई र एलआरआईले ब्लुबर्ड स्कुललाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए। ब्लुबर्डका सुजन तामाङ उत्कृष्ट खेलाडी घोषित भए भने पिस प्वाइन्टका सागर नेपाली उत्कृष्ट गोलकिपर र आयुश लिम्बु सर्वाधिक गोलकर्ता बने। मनास्लु स्कुलले फेयर प्ले अवार्ड पायो।
दुई दिने प्रतियोगितामा उपत्यकाका २० विद्यालय सहभागी थिए। विजेता टोली तथा खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत फुटबल प्रमुख प्रशिक्षक अरुणा गुरुङले पुरस्कार वितरण गरिन्। उनले विद्यार्थी जीवनमा खेलकुदको महत्वबारे पनि मन्तव्य राखिन्।
प्रतियोगिताका संयोजक मनोज वैश्यले सहभागी टिम र सहयोगी सबैलाई धन्यवाद दिएका छन्। गुरुकुलम स्कुलले विद्यार्थीको शैक्षिक विकाससँगै फुटसललगायत विविध खेलकुद गतिविधिमा समेत सक्रिय सहभागिता जनाउँदै आएको छ।





