ज्ञानोदय र रेडियन्ट पब्लिक क्वाटरफाइनलमा



काठमाडौं ।
कीर्तिपुरस्थित पुष्पसदन स्कुलमा जारी चौथो पुष्पसदन कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ ज्ञानोदय र रेडियन्ट पब्लिक क्वाटरफाइनलमा पुगेका छन्।

ज्ञानोदयले बाघभैरवलाई १७–१२ ले पराजित गर्दा युनिस स्याङ्तानले ७ अंक जोडे। त्यस्तै, सुलभको ८ अंक सहयोगमा रेडियन्ट पब्लिकले एलआरआईलाई ३८–१५ ले हरायो। राराहिलले रेडियन्ट रिडर्सलाई ४७–३८ र मंगलले युनाइटेड युनिभर्सललाई ३०–११ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरे।

क्वाटरफाइनल समीकरण अनुसार रेडियन्ट पब्लिक–ज्ञानोदय, पुष्पसदन–मेगस, राराहिल–भ्याली भ्यू र मंगल–निःसर्ग वाटिकाबीच प्रतिस्पर्धा हुनेछ। जुनियर ब्वाइजतर्फ राराहिल र पुष्पसदन तथा निःसर्ग र ग्रिनफिल्डबीच सेमिफाइनल खेल हुनेछ।

प्रतिक्रिया दिनुहोस्