टोप्स बास्केटबल प्रतियोगिता सुरु



काठमाडौं ।
टिम अफ प्रोग्रेसिभ स्कुल (टोप्स) को आयोजनामा नवौं टोप्स अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ। उद्घाटन प्याब्सनका केन्द्रीय उपाध्यक्ष थकिनकुमार गुरुङले गरे।

पहिलो दिन ब्वाइजतर्फ तेजस्वी एकेडेमी, बेलमोन्ट, वेद्व्यास, ल्यान्डमार्क एकेडेमी, गण्डकी, नवोदित, स्वर्णदीप र लालीगुराँस विद्याकुञ्ज विजयी बने। गल्र्सतर्फ संस्कृति, तेजस्वी, ल्यान्डमार्क, ह्वाइट हेभेन र गण्डकीले जित निकाले।

ल्यान्डमार्क एकेडेमीको संयोजनमा भइरहेको प्रतियोगितामा ब्वाइज १४ र गल्र्स ८ टिम सहभागी छन्। प्रतियोगिता ल्यान्डमार्ककै कोर्टमा सञ्चालन भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्