
काठमाडौं ।
ओएसिस् इङ्लिस स्कुलको आयोजनामा तेस्रो ओएसिस् कप उपत्यकाव्यापी अन्तरविद्यालय थ्री–बाइ–थ्री बास्केटबल प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ। कार्यकारी निर्देशक मिनकुमार लिम्बूका अनुसार प्रतियोगितामा तीन विधामा २९ टिमको सहभागिता रहनेछ — सिनियर ब्वाइजमा १४, जुनियर ब्वाइजमा ६ र एसईईतर्फ ९ टिम रहनेछन्।
एसईईतर्फ विजेताले १० हजार र उपविजेताले ५ हजार रुपैयाँ नगद पुरस्कार पाउने छन्। साथै ‘मोस्ट भ्यालुएबल प्लेयर’ र सर्वाधिक स्कोरकर्तालाई जनही ३ हजार रुपैयाँ पुरस्कार दिइनेछ। लिग कम नकआउट प्रणालीमा दुई दिनसम्म चल्ने खेल नखिपोटस्थित आयोजककै कोर्टमा हुनेछ।





