
काठमाडौं, कात्तिक २७ गते ।
१७औँ टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा निम्स र आयोजक ठुङ्गरम इन्टरनेसनल एकेडेमी (टीआईए) ब्वाइजतर्फ सेमिफाइनलमा पुगेका छन्। बिहीबार सम्पन्न खेलमा निम्सले भ्याली पब्लिकलाई ४६–३४ र टीआईएले हेम्सलाई ५२–२६ ले पराजित गरे। निम्सका विसो तामाङले १४ तथा टीआईएका सुमन नगरकोटीले १८ अंक जोडे।
त्यसैगरी, विल्सन एकेडेमीले मंगलदीपलाई ४५–४३ र ज्ञान निकेतनले कन्स्टिलेसनलाई ६५–६१ ले हराउँदै सेमिफाइनलमा प्रवेश गरे। विल्सनका रेहान डंगोलले २२ र ज्ञान निकेतनका सवाज मन्सुरले २८ अंक जोडे। सेमिफाइनलमा विल्सनले टीआईएसँग र निम्सले ज्ञान निकेतनसँग प्रतिस्पर्धा गर्ने छन्।
गल्र्सतर्फ भ्याली पब्लिक, ग्रिनल्यान्ड, चेल्सी र निम्स सेमिफाइनलमा पुगेका छन्। भ्याली पब्लिकले ज्ञानोदयलाई ३१–१७, ग्रिनल्यान्डले हिमरश्मिलाई २६–१४, चेल्सीले काष्ठमण्डपलाई २१–१४ र निम्सले युरो स्कुललाई २८–१० ले पराजित गरे। भ्याली पब्लिककी सपना गिरीले ६, ग्रिनल्यान्डकी विहानी राईले ९, चेल्सीकी तेन्जिङ शेर्पाले ६ र निम्सकी रञ्जना खातीले ८ अंक जोडे। सेमिफाइनलमा ग्रिनल्यान्ड र चेल्सी तथा निम्स र भ्याली पब्लिकबीच प्रतिस्पर्धा हुनेछ।





