
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि सुदूरपश्चिम रोयल्सले स्ट्रेन्थ पार्टनरका रूपमा सूर्य प्लाइसँगको साझेदारीलाई निरन्तरता दिएको छ ।
काठमाडौंमा सम्पन्न सम्झौतामा सरावगी प्लाइवुड इन्डस्ट्रिजका प्रबन्ध निर्देशक देव आनन्द सरावगी र सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्काबीच हस्ताक्षर भएको हो ।
सम्झौता कार्यक्रममा बोल्दै सीईओ खड्काले सूर्य प्लाइलाई प्लाइउड उद्योगको अग्रणी संस्था भएको उल्लेख गर्दै, खेलमा साथ दिने यस्तो प्रतिष्ठित संस्थाबाट प्राप्त सहयोगले टिमलाई थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरे ।
त्यस्तै, प्रबन्ध निर्देशक सरावगीले नेपाली खेलकुदको उत्थानका लागि एनपीएलले महत्वपूर्ण योगदान दिइरहेको बताउँदै, आगामी दिनमा पनि सूर्य प्लाइ सुदूरपश्चिम रोयल्सको साथमा रहने प्रतिबद्धता जनाए ।
सुदूरपश्चिम रोयल्सको टोली:
दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, बिनोद भण्डारी, अविनाश बोहरा, दिपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दिपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन, हर्मीत सिंह र जोस ब्राउन।
मुख्य प्रशिक्षक: जगत टमटा





