‘प्रहरी युनिटसँग प्रहरी अस्पताल’ कार्यक्रम सुर्खेतमा प्रारम्भ |



सुर्खेत । कर्णाली प्रदेश प्रहरी अस्पतालले ‘प्रहरी युनिटसँग प्रहरी अस्पताल’ नामक स्वास्थ्य कार्यक्रम सञ्चालन सुरु गरेको छ। पहिलो चरणमा सुर्खेत उपत्यकास्थित विभिन्न प्रहरी युनिटहरूमा हिजो र आज उक्त कार्यक्रम सञ्चालन गरिएको हो।

अस्पतालका प्रमुख डा. श्यामकृष्ण लौडारीका अनुसार कार्यक्रमअन्तर्गत गणमा कार्यरत ३८ महिला र १९१ पुरुष गरी कुल २२९ जनाको स्वास्थ्य परीक्षण तथा बिएमआई (बडी मास इन्डेक्स) मापन गरिएको छ।

त्यसैगरी, राजमार्ग सुरक्षा तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत एक महिला र ४७ पुरुष गरी ४८ जनाको पनि स्वास्थ्य तथा बिएमआई परीक्षण गरिएको उनले बताए।

अस्पतालका अनुसार यो कार्यक्रम आगामी चरणमा हुम्ला जिल्लामा समेत सञ्चालन गरिने तयारी छ।

प्रतिक्रिया दिनुहोस्