
काठमाडौं – चौथो पुष्पसदन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा निःसर्गले बुधबार दोहोरो जित हात पारेको छ। निःसर्गले सिनियर र जुनियर ब्वाइज दुबै विधामा उत्कृष्ट प्रदर्शन गर्दै प्रतिस्पर्धीलाई सहजै हरायो।
सिनियर ब्वाइजतर्फ निःसर्गले एलआरआईलाई ३०–७ ले पराजित गर्दा कृतिकले ७ अंक जोडे। जुनियर ब्वाइजमा निःसर्गले बाघभैरवलाई १०–४ ले हरायो, जहाँ अर्पितले ४ अंक बनाए।

सिनियर ब्वाइजका अन्य खेलमा ज्ञानोदयले युनाइटेड युनिभर्सललाई १८–२, मंगलले ज्ञानोदयलाई ३४–२३, स्वर्णिमले एभीएमलाई ३३–२२, रेडियन्ट पब्लिकले ल्याबोरेटरीलाई ३२–१८, भ्याली भ्यूले न्यु जेनिथलाई २७–१७ र आयोजक पुष्पसदनले स्वर्णिमलाई ३८–२१ ले हराए। ज्ञानोदयका प्रयुन्श शेरचनले ६, मंगलका अनुक महर्जनले १७, स्वर्णिमका रिजेनले ८, रेडियन्टका सुप्रित लामिछानेले ९, भ्याली भ्यूका गणेशबहादुर विष्टले ९ र पुष्पसदनका सम्राट लामाले १५ अंक बटुले।
जुनियर ब्वाइजमा राराहिलले मंगललाई २०–८ र ग्रिनफिल्डले भ्याली भ्युलाई १९–४ ले पराजित गरे। राराहिलका निसान केसीले ८ र अजय मगरले ९ अंक जोडे।





