कञ्चनपुरको दैजीमा अज्ञात पुरुषको शव फेला |



कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका–३ दैजीस्थित पूर्व–पश्चिम राजमार्ग किनारमा रहेको होम पाइपभित्र मंगलबार दिउँसो एक अज्ञात पुरुषको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार करिब ३० वर्ष उमेरका उक्त पुरुषको शव सडेगलेको अवस्थामा भेटिएको हो । मृतकको नाम, ठेगाना र पहिचान अहिलेसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ ।

स्थानीय बासिन्दाले पाइपभित्रबाट दुर्गन्ध आउन थालेपछि प्रहरीलाई खबर गरेका थिए । सूचना प्राप्त गरेलगत्तै घटनास्थल पुगेको प्रहरीले शव फेला पारी पोस्टमार्टमका लागि महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगर पठाएको छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्