राष्ट्रिय तमू भेडा कप फुटबल बिहीबारदेखि



काठमाडौं।
खोटाङ्गे गुरुङ युवा समूह, काठमाडौंको आयोजनामा पहिलो राष्ट्रिय तमू भेडा कप फुटबल प्रतियोगिता आगामी बिहीबारदेखि सुरु हुने भएको छ।

सेभेन–ए–साइड स्वरूपको प्रतियोगितामा देशभरका गुरुङ समुदायका २६ टोलीले सहभागिता जनाउनेछन्। आयोजक समूहका अध्यक्ष सङ्गित गुरुङका अनुसार प्रतियोगितामा सम्बन्धित जिल्लाका गुरुङ खेलाडी मात्र खेल्न पाउनेछन्।

विजेता टोलीलाई १ लाख रुपैयाँ नगदसहित भेडा पुरस्कार दिइनेछ। उपविजेताले ५० हजार र तेस्रो हुने टोलीले २५ हजार रुपैयाँ पाउनेछन्। युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले उद्घाटन गर्ने तीनदिने प्रतियोगिता कपनस्थित आकाशेधाराको ह्यान्डबल मैदानमा सञ्चालन हुनेछ।

प्रतिक्रिया दिनुहोस्