
कीर्तिपुरस्थित घरेलु कोर्टमा जारी चौथो पुष्पसदन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आयोजक पुष्पसदन र रेडियन्ट पब्लिकले मंगलबार सिनियर ब्वाइजतर्फ जित निकालेका छन्।
पुष्पसदनले न्यु जेनिथलाई ३६–२७ ले र रेडियन्ट पब्लिकले निःसर्गलाई ४५–२४ ले पराजित गरे। विजयी टोलीका तर्फबाट पुष्पसदनका सम्राट लामाले १३ र रेडियन्ट पब्लिकका विदानले ११ अंक जोडे।
सिनियर ब्वाइजकै अन्य खेलमा राराहिलले मेगसलाई ३५–२४, रेडियन्ट रिडर्सले क्रिएटिभलाई २८–२१, युनाइटेड युनिभर्सलले ग्रिन भिलेजलाई १९–१२, भ्याली भ्युले स्वर्णिमलाई ४०–३५ र राराहिलले लिटिल एन्जल्सलाई ४६–३१ ले पराजित गरे।
जुनियर ब्वाइजतर्फ भ्याली भ्युले मंगललाई २४–२ र राराहिलले ग्रिनफिल्डलाई २०–१५ ले पाखा लगाए। भ्याली भ्युका जेनिश भुसालले १० अंक र राराहिलका निसान केसीले १८ अंक जोडे।





