दार्जिलिङ जिमखाना टेनिस प्रतियोगितामा रोहित सुनवारको सहभागिता |



काठमाडौँ । नेपाली भेट्रान टेनिस खेलाडी रोहित सुनवारले भारतको दार्जिलिङमा हुने जिमखाना खुला टेनिस प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् । आगामी नोभेम्बर १४ देखि १६ तारिखसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागी हुन उनी बुधबार दार्जिलिङ प्रस्थान गर्दै छन् ।

सुनवारले भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्स र डबल्स दुबै वर्गमा प्रतिस्पर्धा गर्नेछन् । डबल्समा उनले स्थानीय खेलाडी जोली टार्गेनसँग जोडी बनाएर खेल्नेछन् ।

दार्जिलिङ जिमखाना क्लबको आयोजनामा हुने प्रतियोगितामा पुरुष र महिला सिंगल्ससहित भेट्रान समूहका विभिन्न उमेर वर्गका गरी आठ इभेन्टमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको कुल पुरस्कार राशी तीन लाख ८० हजार रुपैयाँ निर्धारण गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्