पुष्पसदन कपमा न्यु जेनिथ र निसर्गको जीत



चौथो पुष्पसदन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा सोमबार सिनियर ब्वाइज समूहमा न्यु जेनिथ र निसर्ग विजयी भएका छन्।

न्यु जेनिथले एभीएमलाई १७–१६ को साँघुरो अन्तरले पराजित गर्‍यो। निसर्गले ल्याबोरेटीलाई ४१–३८ ले हरायो, जसमा निसर्गका सन्चितले उत्कृष्ट प्रदर्शन गर्दै २१ अंक जोडे।

अन्य खेलमा मंगलले ग्रिन भिलेजलाई ४७–९, मेगसले रेडियन्ट रिडर्सलाई ३५–२५, आयोजक पुष्पसदनले भ्याली भ्युलाई ५४–४२, बाघभैरवले युनाइटेड युनिभर्सललाई १७–११ र लिटिल एन्जल्स (एलए) ले क्रिएटिभलाई २४–१३ ले पाखा लगाएका छन्।
मंगलका अनुक महर्जनले २३, मेगसका साकार विकले १५, पुष्पसदनका सम्राट लामाले २६, बाघभैरवका सक्षम राईले १० र एलएका अखिलेश यादवले ६ अंक जोडे।

जुनियर ब्वाइजमा ग्रिनफिल्डले मंगललाई २७–५ तथा निसर्गले पुष्पसदनलाई ४–२ ले पराजित गरे। ग्रिनफिल्डका अजय मगरले ८ अंक जोड्दा, निसर्गका अर्पित न्यौपाने र अभिक श्रेष्ठले समान २–२ अंकको योगदान गरे।

प्रतिक्रिया दिनुहोस्