टीआईए कपमा ज्ञानोदय, काष्ठमण्डप र ग्रिनल्यान्डको विजय



काठमाडौं, कात्तिक २४ गते ।
१७औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा सोमबार गल्र्सतर्फ ज्ञानोदय, काष्ठमण्डप र ग्रिनल्यान्डले विजयी भएका छन्।

ज्ञानोदयले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई १५–९ ले हरायो। विजयी टोलीका प्रिन्सेस थापा मगरले ६ अंक योगदान गरिन्। त्यसैगरी, काष्ठमण्डपले आयोजक ठुङ्गरम इन्टरनेसनल एकेडेमी (टीआईए) ‘बी’ लाई भनिराको १३ अंकको सहयोगमा ३१–१६ ले पाखा लगायो। ग्रिनल्यान्डले अपीलाई ३०–१९ ले पराजित गर्दा बिहानी राईले १२ अंक जोडिन्।

ब्वाइजतर्फ युरो स्कुलले जोन डेवीलाई ३०–१६, एलआरआईले स्किब्सलाई ४३–३० र हेम्सले ज्ञानोदयलाई ३८–१५ ले हराए। युरोका देवले ९ अंक र हेम्सका जोनस कुइकेलले १४ अंक जोडे।

प्रतिक्रिया दिनुहोस्