काठमाडौंमा कर्पोरेट टि–१० क्रिकेट प्रतियोगिता हुने



काठमाडौं।
काठमाडौं स्पोर्ट्स एन्ड एभेन्ट्सको आयोजनामा आगामी माघ १४ देखि २१ गतेसम्म मुलपानी क्रिकेट मैदानमा कर्पोरेट टि–१० क्रिकेट प्रतियोगिता आयोजना गरिने भएको छ।
१६ टिमको सहभागिता रहने प्रतियोगिता टि–१० फम्र्याटमा खेलिनेछ। टिम दर्ता शुल्क एक लाख रुपैयाँ तोकिएको छ, र पहिले नाम दर्ता गर्ने टिमलाई प्राथमिकता दिइनेछ।
प्रत्येक टिममा ११ खेलाडी रहनेछन्, जसमा ८ खेलाडी खेल मैदानमा र ३ जना अतिरिक्त खेलाडीका रूपमा रहनेछन्। प्रत्येक टिमले कम्तीमा तीन खेल खेल्न पाउनेछ।
विजेता टिम र उत्कृष्ट खेलाडीहरूलाई आकर्षक पुरस्कारसहित सम्मान गरिने आयोजकले जनाएको छ।
टेक्निकल डाइरेक्टर रबिन्द्र गुप्ताका अनुसार, यसअघि “सुपर सिक्स आउटडोर क्रिकेट” कार्यक्रम लोकप्रिय थियो, तर कोरोना महामारीपछि रोकिएको थियो। उनले भने, “अहिले धेरै कर्पोरेट क्षेत्रबाट टि–१० फर्म्याटमा आउटडोर क्रिकेट गर्न सुझाव आएकोले सबैको समर्थनमा यो प्रतियोगिता आयोजना गर्न लागिएको हो।”

प्रतिक्रिया दिनुहोस्